विद्यालयका शिक्षक,शिक्षिकालाई सिपविकास तालिम दिईयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
प्राथामिक तहका शिक्षक शिक्षिकाहरुको लागि प्रारम्भिक कक्षा पढाई, सिप विकास तालिम महोत्तरीको बर्दिवास स्थित होटल शिशमहलमा ५ दिन सम्म दिईएको छ । सामाज बिकास केन्द्र महोत्तरीको आयोजना, महोत्तरी÷एकडरा गाउँपालिकाको समन्वय र युनिसेफको सहयोगमा सञ्चालन भएको तालिममा महोत्तरीका सम्सी, एकडारा ,महोत्तरी गाउँपालिका तथा रामगोपालपुर ,महिटहानी नगरपालिकाका बिभिन्न बिद्यालयका २५ जना शिक्षक शिक्षिका सहभागी रहेका थिए तालिममा शिक्षक,शिक्षिकाले प्रारम्भिक कक्षा कक्षा १ देखी ३ सम्मका विद्यार्थीको सिकाई, सिप, गणित, समता, बहुकक्षा, बहुस्तर, समावेसी शिक्षा, क्षमता, मात्रृभाषामा शिक्षण सिकाई, सम्वन्धि उपलब्धी बढाउने प्रशिक्षण लिएका थिए । तालिमका प्रशिक्षकहरुले
बाल मैत्री कक्षा सञ्चालन गरी बालबालिकाको सिकाई वृद्धि गर्नुपर्ने ।
विद्यालयमा विद्यार्थीलाई कुनै पनि सजाय नदिई पढाउनुपर्ने। विद्यार्थी विद्यालयमा आउँदा खुसी हुनुपर्ने। विद्यार्थीको सिकाई उपलब्धी बढ्नुपर्ने कक्षा कोठा तथा विद्यालयको वातावरण बालमैत्री हुनुपर्नेे लगायतका बिषयमा प्रशिक्षण दिएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button