सर्लाहीमा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाईते

मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन् ।
घाईते हुनेमा नारायणखोला डाइनी खोलाका २४ वर्षीय दुधराज तामाङ रहेका छन । वुधवार दिउँसो बाख्रा गोठालो जाँदा चितुवाको आक्रमणबाट तामाङ घाईते भएका हुन घाईते उनलाई लालबन्दी बजारस्थित एक निजी स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीर अस्पताल काठमाण्डौं रिफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।