सर्लाहीका २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जना घाईते



रितिक अधिकारी
सर्लाही
सर्लाहीको विभिन्न स्थानमा सवारी साधनको ठक्करबाट २ जना घाईते भएका छन । हरिपुर नगरपालिका २ हरिपुरमा मोटरसाईकलको ठक्करबाट १ जना घाईते र बरहथवा नगरपालिका ५ बरहथवा बजारको भित्री सडक खण्डमा भारतीय मोटरसाईकलको ठक्करबाट १ जना घाईते भएका हुन ।
मलंगवाबाट नवलपुर तर्फ आउदै गरेको ना ३९ प २९३१ नम्बरको मोटरसाईकलको नवलपुर मलंगवा सडकखण्डमा ठक्कर दिंदा हरिपुर नगरपालिका ६ लक्ष्मीपुर बस्ने अन्दाजी वर्ष ५६ को राम कैलास दास घाईते भएका भने बि आर ३०ई ५८७२ नंम्बरको भातरीय मोटरसाईकलको ठक्क्रबाट बरहथवा नगरपालिका ५ बरहथवा बजारको भित्री सडक खण्डमा बागमती नगरपालिका ५ टेकानी बस्ने अन्दाजी बर्ष १२ का हरी उप्रेती घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दासको टाउको र छातीमा चोट लागेको छ भने उप्रेतीको दाहीने खुट्टा भाचिएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकलका चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको सर्लाही प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button