जनकपुरमा घरधनीलाई सरसफाइ कार्ड दिइने



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले चैत महिनादेखि आफ्नो वडामा सरसफाइ कार्ड वितरण गर्ने भएको छ ।
आफ्नो वडालाई चैत महिना भित्र फोहोरमुक्त बनाउन वडा भित्र बसोवासगर्ने सबै घरधनीलाई सरसफाइ कार्ड बनाउन लगाउने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।


कार्यालयले सरसफाई कार्ड वितरण गरेपछी जथाभावी फोहोरमैला फ्याकेमा ५ सयदेखि १० हजारसम्म जरिवाना तिर्न लगाउने भएको छ । वडा कार्यालयको कुनैपनि प्रशासनिक कार्यमा सरसफाइ कार्डको छाँया प्रतिलिपी अनिवार्य गरिने समेत जनाएको छ ।
चैत महिनादेखि सरसफाई कार्ड वितरण गरेपश्चात वडाबासीलाई वडा कार्यालयबाट कुनैपनि सेवा सुविधा लिन आउने सेवा ग्राहीलाई सरसफाइ कार्ड अनिवार्य देखाउनुपर्ने वडाअध्यक्ष सुदर्शन सिंहले बताए । उनले जथाभावी फोहोरमैला फ्याकेमा सो व्यक्तिको बारेमा जोकोहीले पनी प्रमाण पेश गरेमा प्रमाण पेश गर्ने व्यक्तिलाई वडा समितिबाट सम्मान तथा नगर पुरस्कार प्रदान गरिने समेत उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button