वडाध्यक्ष अहिरले गरे प्रमुख प्रशासकीय अधिकृत माथि हातपात र दुर्व्यवहार



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको बिन्दाबासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारमाथि हातपात तथा दुर्व्यवहार भएको छ ।


गाउँ कार्यपालिका कै कार्यालय बहुअर्वाभाठ्ठामा सोही नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरले रौनियारलाई दुर्व्यवहार गर्नुको साथै हातपात गरेको उनले बताएका छन । बोर्ड बैठकको बिषयलाई लिएर आफूमाथि वडाध्यक्ष अहिरले गाली गलौज गर्दै दुर्व्यवहार गरेको रौनियारले बताए।

अधिकृत रौनियार अनुसार“राउत आइतबार बसेको बोर्ड बैठकमा उपस्थित थिएन । तर बुधबार एकासी कार्यालयमा आएर गाली गलौज गर्दै कुटपिट गर्ने धम्की समेत दिए ।
धम्किर दुब्र्यबहाको गरेको बिषयमा रौनियारले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई समेत मौखिक जानकारी गराईसकेको उनले बताए
त्यसैगरी वडा अध्यक्ष अहिरले आफुले रौनियारलाइ कुनै किसिमको धम्की नदिर्ई सम्झाएको बताएका छन् । कार्यपालिका सदस्यलाई जानकारी नै नदिई गाउँपालिका अध्यक्षसँग मिलेर बोर्ड बैठक गराएकोले आइन्दा यस्तो गल्ती नगर्नु भनेर सम्झाएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button