काठमाण्डौं निवासी पौडेलले गरे जुटपानीको बृद्ध सेवा आश्रमलाई सहयोग

मेरो प्रदेश सम्वाददाता
सर्लाही
काठमाण्डौंको नयाँ बानेश्वर निवासी नयनाथ पौडेलले सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रमलाई एक लाख रुपियाँ सहयोग गरेका छन ।
आश्रमका कार्यवाहक अध्यक्ष तथा संस्थापक हरिवन निवासी पार्थमणि भट्टराईको पहलमा पौडेलले सो सहयोग प्रदान गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले बताईन । भट्टराईले आश्रममै पुगेर संस्थापक अध्यक्ष बासुदेव शरण कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यसैगरी लालबन्दी नगरपालिका–७, निवासी टंकबहादुर कार्की (कैलाश) ले आफ्नी दिवगंत आमा सरस्वती कार्कीको १५ औँ पुण्य तिथीमा वुधवार बिहान आश्रममै गएर श्राद्ध गरी त्यहाँ आश्रीत वृद्धबृद्धालाई भोजन गराएका छन् ।