बारामा भएको मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
बारा
बरामा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु २१प ६९६३ नंको मोटरसाइकलमा यात्रा गरीरहेका पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना २३ प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका –८ घर भएका २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि अफन्तलाई बुझाउने तयारी भैरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button