ब्राउनसुगर सहित २ युवक पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा लागुऔषध ब्राउनसुगर सहित प्रहरीले २ जनालाइ पक्राउ गरेको छ् ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा घर भएका २५ वर्षीय कृष्ण यादव र २० वर्षीय प्रवेश महतो रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरीको गस्ती टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीले जानाएको छ ।
यादवले ३ ग्राम लागुऔषध ब्राउनसुगर आफ्नै घरको कोठामा बिक्री गर्न लुकाई छिपाई राखेको अवस्थामा महतो समेतलाई पक्राउ गरिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button