महिलामाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरमा आज (सोमबार) बिहान महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर–७ घर भएका २५ वर्षीय नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेका छन् ।
प्रहरीका अनुसार बलात्कार भएकी महिलालाई स्वास्थ्य परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ ।
पक्राउ परेका दुवै जनामाथि जबरजस्ती करणी मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button