जेलबाट छुटे पूर्व सभामुख महरा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
जबरजस्ती करणी अभियोग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्ली बजार जेलबाट आज रिहा भएका छन्। कारागाबारट रिहा हुनु अगाडी महरालाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका छन्। महरालाई प्रहरीले कडा सुरक्षाबीच जेलबाट निकालेर उनको निवास लगेको छ । घर जस्तै जेल भएकोे कारागारबाट छुट्नुअघि महराले छोटो सम्बोधन गरेका छन्। उनले आफुले यहाँ रहुन्जेल पारिवारिक वातावरण पाएको भन्दै ’म यहाँ कारागार १०३ दिन बसेँ । एकदमै राम्रो वातावरण पाएँ’,उनले भने, ’कैदीहरुसँग पनि पारिवारिक सम्बन्ध भयो । बाहिर गएर पनि कैदीहरुलाई आफुले सकेको सहयोग गर्छु। सबैलाई धन्यवाद उनले भने


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button