मुस्लिमहरुको धार्मिक सभा इज्तिमा सम्पन्न



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको बोदेबर्साइन ५ जाजरमा मुस्लिम समुदायको तिन दिने धार्मिक सम्मेलन इज्तिमाआजबाट सम्पन्न भएको छ । सम्मेलनका मुख्य प्रबचनकर्ता भारत दिल्ली स्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सदभाव र मानव कल्याण कार्यमा प्रबचन दिएका थिए ।
कार्यक्रममा नेपाल तथा भारतका करिब २ लाख ५० हजार भन्दा बढी मुस्लिम सहभागी थिए । समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका मुख्य प्रबचनकर्ता भारत दिल्ली स्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले सम्मेलनमा आपसी सदभाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।
उनले तिन दिन सम्म यति ठुलो सहभागितामा आयोजित धार्मिक सम्मेलनलाई भव्य र सभ्य बनाउन सहयोग पुर्याउने सवैमा धन्यवाद दिदै विदा लिएका थिए ।
यस्तै ठुलो संख्यामा सहभागी घर फर्किएपनि अहिले कार्यक्रम स्थल भने दुर्ग्न्धित देखिएको स्थानियले बताएका छन् । तिन दिन सम्म लाखौं मान्छे बस्दा दिशापिसाव आदिका कारण उक्त क्षेत्र दुर्ग्न्धित बनेको स्थानिय राजु विश्वकर्माले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button