दुई थान भरुवा बन्दुक र ६ किलो गाँजा बरामद



मेरो प्रदेश सम्वाददाता
बारा
बारा प्रहरीले निजगढ नगरपालिका–१२ कोलगाँउबाट दुई थान भरुवा बन्दुक र ६ किलो गाँजा बरामद गरेको छ ।
प्रहरीले विषेश सूराकिको आधारमा बारा र मकवानपुरको सीमानामा रहेको कोलगाँउस्थित बेवारीसे अवस्थामा रहेको दुईथान एकनाले भरुवा बन्दुक र उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button