पर्सामा घुर ताप्ने क्रममा आगोमा जलेर एक महिला गम्भिरर घाईते



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सामा घुर ताप्ने क्रममा आगोमा जलेर एक महिला गम्भिरर घाईते भएकी छिन ।
घाईते हुनेमा पर्साको छिपहरमाई गाउँपालिका –५भिस्वा घर भएकी ५० बर्षीया सायरा खातुन रहेकी छिन ।
पहिलेदेखि नै बिरामी रहेकी उनी आइतबार बिहान घुर तापेर उठ्ने क्रममा खातुनले लगाएको कपडामा आगो सल्किएको थियो । बिपन्न आर्थिक अवस्था भएका कारण मियाँ परिवारले आगोले पोलेपनी सायरालाई उपचारका लागि स्वास्थ्य संस्था लगेका थिएनन् ।


स्थानीय ताराचन्द पण्डितको पहलमा छिपहरमाई गाउँपालिका प्रमुख मनोज गुप्ताले एम्बुलेन्सको व्यवस्था गराइदिएपछि उनलाई उपचारकालागी नारायणी अस्पताल बीरगंज लगिएको थियो ।
‘बिहान घरमै थिएँ, रजाक मियाँकीे पत्नी आगोले जलेको छ भन्ने हल्ला चल्यो । उनी विरामी पनि थिईन १० बजेतिर गएर हेरेको न एम्बुलेन्सको व्यवस्था थियो । गाडी भाडामा लिएर अस्पताल ल्याउन भन्दा पनि न पैसाको व्यवस्था गरेका रहेनछन’ उनले भने ‘आँगनमा पालमा सुताएर हाते पंखा हल्लाउँदै बसेका रहेछन् । बिरामी हुँ हुँ गरेर उल्टी गर्दै थिइन् ।’

उनले गाउँपालिका अध्यक्षलाई फोन गरेर एम्बुलेन्सको व्यवस्था गरेको बताए ।
पैसा नभएकै कारण अस्पतालमा उपचारका लागि समस्या भएको थियो । नारायणीमा अभ्यासका लागि गएका हिमाल इस्टिच्युट अफ हेल्थ साइन्समा एचए अध्ययनरत विद्यार्थीहरुले खाजा खर्चबाट पैसा जोगाएर सहयोग गरेका थिए ।
आर्थिक अभाव कै कारण औषधी खरिद गर्न नसकेको नपाएको जानकारी पाएपछि नास्ताको पैसा बचाएर ५ सय रुपैयाँ सहयोग गरेको उनीहरुले बताएका छन् ।
पण्डितका अनुसार मियाँ परिवार गरिब भएका कारण उपचारका अझै आर्थिक समस्या भइरहेको छ । रजाक मियाँले पनि श्रीमती सायराको उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button