महराको मुद्दामा बहस सकियो, फैसला भोलिमात्रै हुने



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौँमा मुद्दाको अन्तिम सुनुवाई भएको छ ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको हो । सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायत आठ जना बकिलले बहस गरेका थिए ।
त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए । बहस सकिए पनि थप अध्ययनका लागि समय नपुगेकोले महराको फैसला भोलिमात्र आउने अदालतले जनाएको छ ।
महराविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो । उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button