दलित बस्ति खाली गराउन बन्दुकसहित पुगे भूमाफिया



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाको मिर्चैया नगरपालिका –५ मारहेको सुकुम्वासी बस्ती खाली गराउन शनिबार भूमाफिया बीरेन्द्र साह दुई नाले बन्दुकसहित दलित बस्ति पुगेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया वडा नम्बर –५ को उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन वीरेन्द्र साह बन्दुकसहित पुगेको स्थानीयहरुले बताए ।बस्तीमा ३८ घरपरिवार पासवान, मुसहर लगायतका दलित जाति बसोवास गर्दै आएका छन् । बन्दुक लिएर दलित बस्ति पुगेको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए ।
दुबै पक्षको बिवाद समाधानकालागी भएको छलफलमा अमिन ल्याएर जग्गाको नाप नक्सा तयारगरी प्रक्रिया पु¥याएर मात्र जग्गा खाली गराउने र सहमति भएपछी मात्र घर भत्काईने भएको छ । भूमाफिया बिरेन्द्र साह ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा वीरेन्द्र साह संग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button