एसएसपी राणाविरुद्धको यौन हिंसा मुद्दा अदालत नजाने



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
संघीय प्रहरी ईकाई धरानका निलम्बित प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणामाथि लागेको यौन हिंसाको मुद्दा अदालतमा नजाने भएकोे छ
सरकारी वकिलको कार्यालय सुनसरीले एसएसपी राणामाथि लगाइएको अभियोग र उजुरीमा यौन हिंसा गरेको भन्ने प्रष्ट हुन नसकेको हुनाले मुद्दा अदालत सम्मजान नसक्ने निर्णय गरेको हो ।


सरकारी वकिलको कार्यालयले एसएसपी राणाले चाही जिल्ला प्रहरी कार्यालयमा हाजिरी जमानीका लागिचाहिँ उपस्थित हुनुपर्ने निर्णय गरेको छ ।

एक महिलाले आफूलाई इटहरीमा बलात्कार गरेको भनी सुनसरी प्रहरीमा एसएसपी राणाविरुद्ध उजुरी गरेकी थिइन् । अनुसन्धानका क्रममा झापानिवासी ति महिलाले उजुरीमा उल्लेख गरेको घटना विवरणको मिति र एसएसपी राणा त्यस समयमा भएका स्थानका प्रमाण मिल्न नसकेपछी उनको मुद्दा अदालत नजाने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button