सप्तरीमा मुस्लिम समुदायको धार्मिक सम्मेलन सुरु



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ जाजरमा शनिवारदेखी मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा सुरु भएको छ ।
सम्मेलनमा २ लाख भन्दा बढी मुस्लिमहरुकोे सहभागीता रहने आयोजकले जनाएको छ । इस्लामिक सम्मेलनमा नेपाल–भारतका विभिन्न स्थानवाट धर्म गुरुहरु सहभागी हुने भएका छन । भारतबाट आएका धर्मगुरुहरुले पनी यस सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


सम्मेलनमा नेपाल ,भारत र तेश्रो मुलुकबाट समेत धर्मगुरु आउने चर्चा चलेपछी नेपाल सरकारले सम्मेलन गर्न रोक लगाएको थियो । तर नेपाल र भारत बाहेकका मुलुकहरुबाट आएका धर्मगुरुहरुलाई फिर्ता पठाएपछि पूर्व निर्धा्िरत योजना अनुसार सम्मेलन हुन लागेको हो । तेश्रो मुलुकबाट नेपाल सरकारसँग विनाअनुमति नै इस्लामिक सम्मेलनमा सहभागी हुनका लागि ल्याएको थियो ।

इस्लामिक सम्मेलनमा सहभागी गराउनका लागि पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, मलेसिया, दुबई र थाइल्यान्ड लगायतका मुलुकबाट आएका धर्मगुरु तथा अन्य सहभागीहरुलाई शुक्रबार साँझ नै आयोजकले फिर्ता पठाएको थियो ।

इस्लामिक सम्मेलनमा सरिक हुन अहिलेसम्म एक लाख भन्दा बढी मुस्लिम समुदायहरुको उपस्थिती भैसकेको र यो संख्या अझ बढ्न सक्ने सप्तरीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए । उनले यस सम्मेलनमा कुनै किसिमको समस्या उत्पन्न हुन नदिनका लागि र सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button