ग्याँस लिक भएर आगलागी हुँदा घर जलेर खरानी



मेरो प्रदेश सम्वाददाता
सर्लाशी
सर्लाहीको बरहथवा नगरपालिका–१५, सुकुम्वासी टोलमा सुक्रवार राती ग्याँस सिलिन्डरबाट ग्याँस लिक भई आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट स्थानीय बिगु पासवानको फुसको घर जलेर नस्ट भएको हो । आगलागीबाट घर र घरभित्र रहेको सरसामान सम्पूर्ण जलेर नष्ट हुँदा ४० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।
ज्याला मजदुरी गरेर दैनिकी गुजार्ने दलित परिवार आगलागीमा परी घर जलेर नष्ट भएपछि पासवान परिवार बिचल्लीमा परेका छन् । स्थानीय वासिन्दाका अनुसार रातीको खाना पकाउने क्रममा पासवानको घरमा आगलागी भएको हो । गाउँले र प्रहरी मिलेर तत्कालै आगो निभाएकाले नजिकका अरु घरमा आगलागी हुन नपाएको ईलाका प्रहरी कार्यालय हीरापुरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button