भारतीय मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते

मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको लालबन्दीमा भारतीय मोटरसाईकलको ठक्करबाट शुक्रबार बिहान एक बालक गम्भिर घाईते भएका छन्
घाईते हुनेमा लालबन्दी नगरपालिका–५, रन्जितपुर घर भएका विनोद चौधरीको ७ वर्षीय छोरा आयुस चौधरी रहेका छन ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय बीआर ३० एम ७००३ नम्बरको मोटरसाईकलले लालबन्दीको विणा चलचित्र हल छेउमा पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । मोटरसाईलकको ठक्करबाट गम्भिर घाईते भएका बालकलाई लालबन्दी मोडेल अस्पतालमा उपचारकालागी भर्ना गरिएको थियो त्याहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागि जनकपुर स्थित मिहिलाल सिटी हस्पिटल पठाईएकोे छ । मोटरसाईकल चालक चन्द्रनगर गाउँपालिका–९ निवासी २१ वर्षीय नागेन्द्र साहलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।