इन्दुशंकर चिनी उद्योगले उखु किसानको २३ करोड भुक्तानी दियो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
पुस १० गतेदेखि सञ्चालनमा आएको सर्लाहीको हरिवनमा रहेको इन्दुंशकर चिनी उद्योगले यस बर्ष किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ ।
उद्योगले हालसम्म क्रसिङ गरेको उखुको २३ करोड रुपैयाँ भुक्तानी गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए । उनले पहिलो चरणमा पुस १० गतेदेखि २५ गतेसम्म किसानबाट खरिद गरेको उखुको सम्पुर्ण भुक्तानी गरिएको बताएका छन । उद्योगले किसानलाई दोस्रो चरणको भुक्तानि दिन पुस २६ गतेदेखि माघ १० गतेसम्मको तालिका सार्वजनिक गरेको जनाएको छ । इन्दु शंकर चिनी उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उखु प्रवन्धक रजकले बताए ।


सर्लाहीमा हाल तीनवटा चिनी रहेकाछन । सर्लाहीको उत्तरी भेगको इन्दुशंकर चिनी उद्योग हरिवन र दक्षिणी भेगको महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन । किसाको उखुको भुक्तानी दिन नसकेको कारण सर्लाहीको दक्षिण–पश्चिम भुगोलमा पर्ने अन्नपूर्ण चिनी उद्योग धनकौल हाल बन्द रहेको छ । नेपाल उखु उत्पादक महासंघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले अघिल्ला वर्षहरुकै किसानको बक्यौता रकम नभएको चिनी उद्योगले हाल किसानबाट खरिद गरेको उखुको भुक्तानी धमाधम दिन थालेको बताए । उनले चिनी उद्योगीले ढिलो चाँडो भुक्तानि दिन थालेपनि सरकारले किसानलाई उखुको अनुदान रकम दिन आलटाल गरिरहेको गुनासो समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button