लहानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर



मेरो प्रदेश सम्वाददाता
सिरहा
ग्राहकहरूको सुविधालाई थप प्रभाबकारी बनाउन नेपाल बैंक लिमिटेडले बुधवारदेखी मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले आज सेवाको शुभारम्भ गरेको हुन्। सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले मालपोत कार्यालयको एक्सटेन्स उदाहरणका रुपमा रहेको बताए। उनले नेपाल बैक प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाई सेवा दिइरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने प्रतिवद्धता व्यक्त गरे। सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुख प्रतिभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाबारे जानकारी दिईएकि थिइन्। नेपाल बैंकले १७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र ११६ एटिएम मेसिनबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटिएमको संख्या १४९ पु¥याउन लागेको र २०७७ असार मसान्तसम्म २०० शाखाबाट सेवा प्रदान गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button