जापान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठकाण्डौ
जापान पठाइदिने भन्दै ठगी गर्ने भक्तपुर सूर्य्विनायक नगरपालिका ७ का अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ् । तामाङलाई शुक्रबार केन्द्रीय अनुसन्धा व्यूरो (सीआईबी)ले कोटेश्वरबाट पक्राउ गरेको हो ।


वैदेशिक रोजगार ठगीमा चार वर्ष ६ महिना कैद सजाय सुनाइएका फरार अजयलाई
सुमन ऐरीलाई जापान पठाइदिन्छु भन्दै रकम लिएर नपठाएपछि वैदेशिक रोजगार न्यायाधिकरणले गएको वर्ष मंसिरमा अजयलाई साढे चार वर्ष जेल र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
फैसला कार्यान्वयनका लागि अजयलाई भक्तपुर जिल्ला अदालतमार्फत् पक्रउ गरी कारागार कार्यालय डिल्लीबजार पठाइएको सीआईबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button