एकोहोरो सरकारले पेलेको पुस्तक तथा स्टेशनरी व्यवसायीको गुनासो



मेरो प्रदेश सम्वाददाता
सिरहा
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश २ को शनिबार लहानमा आयोजित प्रदेश स्तरीय वार्षिक साधारणसभाको उद्घाटन सत्रका वक्ताहरुले आफ्नै बलबुतामा संचालन गरेको व्यवसायको कानुन अनुसाको राजश्व सरकारलाई बुझाउँदा पनि एकाहोरो पेलिरहेकोे गुनासो गरेका छन् ।
उनिहरुले शिक्षा क्षेत्रको प्रबद्र्धनका लागि सेवा गरिरहेका व्यवसायीहरुलाई सरकारले विभिन्न बहानामा अप्ठ्यारोमा पारिरहेको भन्दै ‘राज्यको अनुमति लिएर तोकेको मापदण्ड अनुसार निजी क्षेत्रले छापेको पुस्तकमा पनि बक्रदृष्टि लगाइएको हुनाले व्यवसायीहरुले भने ‘राज्यलाई कर तिरेर पनि स्वतन्त्रपूर्वक व्यवसाय गर्न नपाउने सरकारले घोषणा गरिदिए हुन्छ ,अन्य पेशा व्यवसाय गर्न तयार छौं ।’
बक्ताहरुले समाज विकासको आधारको रुपमा रहेको ज्ञान सीप हस्तान्तण गर्ने माध्यमको रुपमा पुस्तक रहेको र त्यसलाई सघाउन पाठ्यसामग्री उत्पादन, बिक्री वितरण गरिरहेका व्यवसायीहरु समस्यामा रहेको प्रस्ट पारे । ‘कागजको मूल्य झण्डै दोब्बर हँुदा पनि सरकारले डेढ दशक अघिको तोकेको दररेटमा पुस्तक छापेर बेच्नु परेकोले ‘सरकारको असहयोगले व्यवसाय धान्नै गाह्रो परेको प्रस्ट पारे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button