ब्याजखोरको मिटरब्याजबाट सयौँ पीडितले गरे सर्लाहीमा प्रदर्शन



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीका ब्याजखोरबाट पीडित नागरिकले शुक्रबार सर्लाहीमा प्रदर्शन गरेका छन् ।
सदरमुकाम मलंगवामा विरोध प्रर्दनसहित जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका हुन ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पीडितको ज्ञापनपत्र बुझ्दै तत्काल प्रधानमन्त्रीलाई पत्र पठाइने जानकारी दिए ।
प्रदर्शनमा सहभागी हुन मिटरब्याजबाट पीडित सयौँ सर्वसाधारण सदरमुकाम मलंगवा पुगेका थिए ।


पीडितको जुलुसमा राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान, नेकपाका नेता डाचाराज वाग्ले, कमल बुढाथोकी, अर्जुन पन्त, महिला नेतृ पदमा मोक्तान लगायतका सहभागी थिए ।

ब्याजखोर रामबाबु राय र सञ्जय रौनियारबाट सर्लाहीसहित तराईका विभिन्न जिल्लाका करिब १३ सय सर्वसाधारण पीडित छन् ।
एक महिनाअघि पीडितले राजधानी काठमाडौँ गएर आफ्ना समस्या नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबाहादुर थापा (वादल), प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालसहितलाई सुनाएपछी
ब्याजखोर रायलाई प्रहरीले त्यतबेलै पक्राउ गरे पनि अर्का ब्यक्ती रौनियार भने फरार छन्। राय राजपाका नेता हुन् भने रौनियार बाबुराम भट्राई नेतृत्वको तत्कालिन जयाँ शक्तिका नेता हुन् ।

रौनियारको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button