घुससहित दुई प्रहरी पक्राउ

मेरो प्रदेश सम्वाददाता
रुपन्देही
रुपन्देहीमा शुक्रबार दुई प्रहरी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामनगर ट्राफिक बीटमा कार्यरत असई सूर्यबहादुर अधिकारी र देवदह खैरेनी पोष्टमा कार्यरत प्रहरी जवान छवीलाल पोखरेल रहेका छन् ।
अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार टिपर सञ्चालनमा सहज बनाइदिने भन्दै ५ हजार घुस लिँदै गरेको अवस्थामा अधिकारीले पक्राउ परेका हुन् ।
प्रहरी जवान पोखरेललाई ३ हजार घुससहित पक्राउ गरिएको भुसालले बताए । दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए ।