‘तपस्वी’ बमजन पक्रन प्रहरी पुग्यो सिन्धुलीको आश्रम



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
बलात्कार, हत्या, हिंसा लगायत विभिन्न आरोप खेपिरहेका ‘तपस्वी’ रामबहादुर बमजनलाई नियन्त्रणमा लिन शुक्रबार बिहानै सिन्धुली प्रहरी सिन्धुलीस्थित उनको आश्रममा पुगेपनी उनी फरार छन ।
उनलाई पक्राउन गर्न सिन्धुली जिल्ला अदालतबाट बिहीबारै अनुमति लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।


बमजनविरुद्ध यस्ता छन् आरोप
‘तपस्वी’का रूपमा चर्चा कमाएका बाराका रामबहादरु बमजनलाई एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायी बेपत्ता पारेको र एक आनीलाई बलात्कार गरेको आरोप छ।

आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूललमाया रूम्बा ‘तपस्वी’ बमजनका आश्रमबाट बेपत्ता पारिएका छन्।

त्यस्तै बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि सिन्धुलीस्थित बमजनको आश्रमबाट हराइरहेका छन्। बमजनको आदेशमा वाइबालाई कुटीकुटी मारिएको दाबी गरिएको छ।

त्यस्तै बमजनले आनी गंगामाया तामाङलाई बलत्कार गरेको आरोप छ। गंगामायाले डेढवर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूलाई बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्।

अहिले गंगामाया काठमाडौंमै रहेको बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button