बलात्कार गरेको अभियोगमा ५ बर्ष कैद



मेरो प्रदेश सम्वाददाता
सप्तरी


सप्तरीको राजविराज नगरपालिका १ का ३४ वर्षीय सञ्जय उपनाम भएका देवेन्द्रप्रसाद यादवलाई बुधबार एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश प्रकाश श्रेष्ठको इजलासले कैद सजायसँगै पीडितले पाउनेगरी ५० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । आरोपितले ०७५ माघ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय इटहरीमा यादवविरुद्द उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले माघ ९ गते पक्राउ गरी कानूनी कारबाही अघि बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button