महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतीय सीमानाकाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ ।
भरतको सीमानाका हुँदै नेपाल भित्रिने मानिसमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य समनवय कार्यालय महोत्तरीले जनाएको छ ।


महोत्तरीका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीलगायतका स्थानमा स्वास्थ्य हेल्प डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा जिल्ला स्वास्थ्य समन्वय कार्यालयले ती स्थानमा डेस्क स्थापना गरेकोे हो ।
डेक्समा उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएका छ । भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ ।

डेक्समा आवश्यकता अनुसार जनशक्ति थप्ने र अनुगमनको ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button