बर्दिवास नगरपालिकामा कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि सचेतनामूलक अन्तरक्रिया



बर्दिवास,
बर्दिवास नगरपालिकाले नगर क्षेत्रका सरकारी स्वास्थ्य केन्द्र तथा निजी अस्पतालहरु लाई आकस्मिक अवस्थाको लागि तयारी रहन अनुरोध गरेको छ । नगरपालिकाले मंगलवार नगर क्षेत्रभित्रकका अस्पताल स्वास्थ्यकर्मीतथा सरोकारवाला निकाय सबैलाई कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा कोरोना भाईरसको संक्रमण तथा यसको लक्षण ,चिन्ह र बच्ने उपायहरुका बारेमा जानकारी गराइएएको हो ।
भाईरसको रोकथाम र नियन्त्रणको लागि बर्दिवास नगरपालिकाले तीन स्थानमा हेल्प डेस्क राखेर सचेतनाको कार्यक्रम तुरुन्त गर्ने बर्दिवास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए । बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्कीले मेला महोत्सव, विवाह व्रतबन्ध जस्तो कार्यमा ठुलो संख्यामा सर्वसाधरण जम्मा हुने भएकाले त्यस्तो ठाउँमा सक्रमण बढ्ने खतरा भएको हुँदा त्यस्ता कार्यहरुमा समेत सचेतना अपनाउन स्थानीयहरु संग आग्रह गरेका छन । बर्दिवास नगरपालिको कार्यालयमा भएको अन्तरक्रियामा बर्दिवास नगरका जनप्रतिनिधी, प्रहरी प्रशासन प्रमुख,स्वास्थ्यकर्मी, होटल व्यवसायी, उद्योग बाणिज्य संघका प्रतिनिधीलगायतको उपस्थिती थियो । कार्यक्रमका सहभागीले बर्दिवासका होटलमा बसेवासका लागि बाहिरबाट आउने पर्यटकहरुको स्वास्थ्य जाँचकालागी व्यवस्था गर्न समेत आग्रह गरेको छ । कार्यक्रममा कोरोना भाईसको सक्रमण तथा त्यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराईएको थियो । बर्दिवास नगरपालिकाले जनचेतनाको लागि स्वास्थ्यकर्मीहरु परिचालन गरी विद्यालय र सार्वजनिक स्थानहरुमा समेत सक्रमणको रोकथाम र नियन्त्रणका उपायहरु बारेमा जानकारी गराउन आमा समूहको बैठकमा जानकारी गराउने, आवश्यक परेको खण्डामा हेल्प डेस्क स्थापना गर्ने बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेन्द्र कुमार चौधरीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button