घुस लिदा लिँदै यातायातका अधिकृत पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था सेवा कार्यालय सानो र्भयाङ, स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दीपक खतिवडालाई कार्यालय परिसरबाटै पक्राउ गरेको छ । पौडेललाई सेवाग्राही दीपकसँग १३ हजार रुपैयाँ घुस लिँदै गर्दा टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।


पौडेललाई सवारी कर र प्रदूषणबापतको रकम तिर्नका लागि सेवाग्राही दीपकले १३ हजार घुस दिएका थिए। उनीहरू दुवैजनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button