यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी सौरभ राणा निवासबाटै पक्राउ



मेरो प्रदेश सम्वाददाता
सुनसरी
यौन दुर्व्यवहारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई सुनसरी प्रहरीले संघिय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरेको छ । झापाकी एक युवतीले आफुलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार उजुरी दिएपछी ।
प्रहरीले राणालाई पक्राउ गरेको हो ।
एसएसपी राणा पक्राउ बारे प्रहरीले औपचारिक जानकारी नदिएपनी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने नेतृत्वको टोलीले राणालाई पक्राउ गरेको स्रोतले जनाएकोछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button