रौतहटमा चार बर्षिय बालिकालाई जवरजस्ति करणी गरेको आरेपमा एकजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा चार र्विर्षय बालिकालाई जबरजस्तिकरणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला घर भई हाल गौर नगरपालिका १ मा साइकल मर्मतको पसल गर्दै आएका ५४ वर्षीय रामकिशोर मिश्र रहेका छन । मिश्रले बिहीबार राति १० बजे चार वर्षीया बालिकालाई चकलेट दिएर ललाइ फकाइ बारीमा लगी करणी गरेका हुन । करणी पछी बालिकाको गुप्ताङ्गबाट रक्तश्राव भइरहेको देखेर उनकी ठूली आमाले सोधपुछ गर्दा मिश्रले जवरजस्ती करणी गरेको खुलेको छ । मिश्रलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरीरहेको रौतहट प्रहरीले जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गराइएको बताईएको छ ।
भारतको विहार सितामढी जिल्ला वैरगनिया सेखौना घर भएकी पीडितकी आमा जिल्ला अस्पताल गौरमा परिवार नियोजनको शल्यक्रिया गराउन आउँदा बालिकालाईपनी साथमा लिएर ठूली आमाको घरमा आएको समयमा घटना भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button