वैदेशिक रोजगारीको प्रलोभन देखाई भारततर्फ लाँदै गरेकी दुई युवतीको उद्धार



मेरो प्रदेश सम्वाददाता
झापा
वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाँका काँकडभिट्टाबाट नेपाल प्रहरीले उद्धार गरी मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेका छन । पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा रु २२ हजारको जागिर लगाइदिने प्रलोभनमा पारी लैजाँदै गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नाम गरेको संस्था र प्रहरीको टोलीले संयुक्तरुपमा उद्धार गरेका थिए । उद्धार गरिएका युवतीलाई संस्थाको संरक्षणगृहमा राखिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button