टिफरको ठक्करले लडेकी महिलालाई ब्याक गरेर मारेको आरोप



मेरो प्रदेश सम्वाददाता
गोरखा
गोरखा नगरपालिका १० मा टिपरको ठक्करबाट शुक्रबार बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा १० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ रहेकी छिन ।
उनलाई गोरखा १० स्थित गोरखकाली क्रसर उद्योगको ग १ ख ८०२७ नम्बरको टिपरले घर नजिकैको विद्यालयमा दूध र्पुयाउन जाँदा शुक्रबार बिहान ठक्कर दिएको हो ।
ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन । टिपर चालकलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।


ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गर्नुका साथै क्रसर उद्योगका अन्य पाँचवटा टिपरमा तोडफोडसमेत गरेका छन ।
दोषीमाथि कारबाही र क्षतिपुर्तीको माग गर्दै स्थानीयले अहिले घटनास्थलमा प्रदर्शन गरिरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button