१५ हजार घुस सहित बनका रेन्जर पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलेश्वरनाथ सवडिभिजन वन कार्यालय, बखरी, महोत्तरीमा कार्यरत रेन्जर राम अशिष यादवलाई घुस सहित पक्राउ गरेको छ । यादवले महोत्तरीको एकडारा गाउँपालिका २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिई सेवाग्राहीबाट १५ हजार घुस लिएलगत्तै उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
यादबले घुस मागेपछि सेवाग्राहीले अख्तियारको कार्यालय बर्दिबासमा खबर गरेका थिए । खवर पाए लगतै अख्तियारको टोली त्यहाँ पुगे । सोही बेला सेवाग्राहीले रकम दिएलगत्तै यादबलाई १५ हजारसहित पक्राउ गरेको बताईएको छ ।


पक्राउ परेका रेन्जर यादबलाई अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button