जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा श्रीमान–श्रीमतीको मृत्यु छोरा घाईते



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
बा ६४ प ३०४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको स १ च १८५८ नम्बरको जिपले ठक्कर दिएको थियो जिप र मोटरसाइकल ठोक्किँदा सोही वडाका मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिलाको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकमै सवार उनका नौ वर्षीय छोरा जोनको घाइते भएका छन् । उनलाई उपचारका लागि जनकपुरधाम ल्याएको छ । मृतकका शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
भने जिप र चालकलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button