सुर्खेतमा तनाव, गोली चल्दा ८ घाइते, १२ घण्टा कर्फ्यु लगाइयो



  • मेरो प्रदेश सम्वाददाता
    सुर्खेत
    सुर्खेतमा भएको प्रदर्शनमा गोली चल्दा ८ जना घाइते भएका छन् ।
    कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंह ठकुरीलाई टिफरले किचेर मंगलबार बिहान ८ बजे मृत्युु भएपछि चर्किएको तनावलाई नियन्त्रण गर्न प्रशासनले १२ घण्टे कर्फ्यु आदेश जारी गरेको छ ।
    प्रदर्शनले उग्र रूप लिएपछी प्रहरीले २ राउण्ड हवाई फायर गरेको र आन्दोलनकारी समूहले गोली चलाएको सुर्खेत प्रहरीले जनाएको छ ।
    त्यसैगरी प्रहरीले प्रतिकारमा गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।
    सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार शान्ति सुरक्षालाई मध्यनजर गर्दै मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म पूर्वमा इत्रामखोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे व्यारेक र दक्षिणमा रत्न राजमार्गदेखि पाँच सय मिटरसम्म कंफ्र्यु लगाइएको छ ।
    कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकता अनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button