सेनाले बम भनेर डिस्पोज गर्दा थोत्रा भाडा र कपडा भेटिए



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको चन्द्रनिगाहपुर बजारमा आइतबार नेपाली सेनाले बम भनेर डिस्पोज गर्दा थोत्रा कपडा र भाडाकुडा भेटिएका छन्। बिहान करिब ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोक भन्दा दक्षिण गौर जाने सडकमा शंकास्पद झोला र बोरा बेवारिसे अवस्थामा फेला परेको थियो। उक्त वस्तु बम भनेर नेपाली सेना गौरको टोलीले दिउँसो करिब ३ बजे डिस्पोज गरेको थियो। ग्लोबल आइएमई बैंक अगाडि सडकमा भेटिएको एउटा कालो खैरो रंगको ब्याग र सेतो बोरामा कुनै विस्फोटक पदार्थ नभई पुराना भाडाकुडा र कपडा रहेको पाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए। उक्त झोला संकास्पद भन्दै नेपाल प्रहरीसहित नेपाली सेना शसस्त्र प्रहरी तथा ट्राफिक प्रहरीले कडा सुरक्षा घेरामा राखेका थिए। स्थानीयले देखेको उक्त झोलाको बारेमा इलाका प्रहरी कार्यालय चन्द्निगाहपुरलाई जानकारी गराएका थिए। झोला कसको हो भन्ने अभैm थाहा हुन सकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button