पोखरा विमानस्थलबाट गोलीसहित एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
कास्की
पोखरा विमानस्थलको एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा २९ राउण्ड राइफलमा प्रयोग हुने गोली सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा
पोखरा महानगरपालिका(२७ रिट्ठेपानीका ४० वर्षीय जितु शाही रहेका छन । शाहीको झोलामा गोली फेला परेको हो । उनको साथबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए। प्रहरीका अनुसार शाही यति एअरको उडानबाट काठमाडौँ उड्न लागेका थिए । घटनाको बिषयमा प्रहरीले अनुसन्धान अघि बढाइसकेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button