झापाबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना , चालकको मृत्यू अन्यको उपचार हुंदै



 


झापाबाट काठमाडौं जाँदै गरेको चालक सहित २१ यात्रु बोकेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुंदा चालकको मृत्यू भएको छ । मृत्यू हुनेमा काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजन रहेका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेकोे बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा मर्हजनको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
माइक्रोबस सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको थियो । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button