अबैध मरीच सहित एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषा प्रहरीले शुक्रवार साँझ मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बाट २५ बोरा ६ क्विन्टल २५ किलोग्राम मरीच बरामद गरेको छ । ज १ च १९६३ नम्बरको म्याजिक भ्यानमा राखेर भारततर्फ लैजाँदै गरेको मरिच चेकजाँचका क्रममा बरामद गरेको हो मरीच तस्करी गरिरहेको विशेष सूचनाका आधारमा मुखियापट्टी मुसहरनियादेखि भारततर्फ जाने सडकमा चेकप्वाइन्ट राखेर उक्त म्याजिकलाई मरिच, १० कार्टुन चाउचाउ र अर्को १० कार्टुन चिजवल सहित नियन्त्रणमा लिइएको छ । म्याजिक चालक महोत्तरीको एकडारा गाउँपालिका १ का २३ वर्षीय रमेश साहलाई समेत पक्राउ गरेको प्रहरीले
जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button