सिरहामा जलेर एकल महिलाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा शुक्रवार बिहान आगलागी हुँदा एकल महिला कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागी बाट करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ ।


घरमै सुतिरहेकी समयमा विद्युत् भार कटौती भएर आगलागी हुँदा
चुनचुनको जलेर मृत्यु भएको र उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।
आगलागीबाट घरमा रहेको फर्निचर, फ्रिज, खाद्यान्न लगायतका समान समेत जलेर नष्ट हुँदा करिब रु दुई लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button