हात्तीको दाह्रा सहित एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
सिरहा धनगढीमाई नगरपालिका–१ मेदनिपुर घर भई ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी
ललितपुर महानगरपालिका–१२ लगनखेल बसपार्कबाट एक थान हात्तीको दाह्रा सहित पक्राउ परेका छन ।


महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई दाह्रा सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाको बिषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button