जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी घुस सहित पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी केशवकुमार यादव रहेका छन । यादवले सेवाग्राहीलाई मुद्दा मिलाइदिन्छु भन्दै चार हजार घुस माग गरेका थिए । गोप्य सुचनाको आधारमा खटिएको अख्तियारको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै उनलार्ई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button