राष्ट्रिय सभाको चुनावमा जनकपुरका पत्रकार कालोपट्टी बाँधेर रिपोर्टिङ्गमा



मेरो प्रदेश सम्वाददाता
धनुषा
आज विहान १० बजे देखि शुरु भई ४ बजे सम्म भएको प्रदेश २ को राष्ट्रिय सभाको चुनाव मतदान केन्द्र जनकपुरधाममा रिपोर्टिङ्गकालागी खटिएका पत्रकारहरुले कालोपट्टी बाँधेर काम गरेका छन् । प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी पत्रकारमाथि भएको कुटपिट तथा दुब्र्यवहारको बिरोध गर्दै जनकपुरधामका पत्रकारहरुले कालोपट्टी बाँधेका हुन् ।
उपमहानगरपालिकामा गत पुस २२ गते पत्रकारमाथि भएको हातपात तथा दुव्र्यवहारको बिरोधमा माघ ७ गते देखि उनिहरुले कालोपट्टी बाँधेर रिपोर्टिङ्ग गरिरहेका छन् ।
पत्रकारहरुमाथि जनकपुरधाम उपमहानगरकाका मेयरकै कार्यकक्षमा भएको दुर्व्यवहारको घटनालाई समाधान गर्नको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले उपमहानगर र पत्रकार महासंघ बिच दोषीहरुलाई कानूनी कारबाही गर्ने सहमति गरेपनी
त्यको कार्यान्वयन गर्न प्रसाशन उदाशिन भएपछी पत्रकारहरुले कालोपट्ी बाँधेर बिरोध गरेका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button