चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौधरी पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरी रहेका छन ।
चौधरीलाई पीडितका बुवाले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । चौधरीले बलिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बलात्कार गरेको पिडितले आफ्नी दिदीलाई बताएपछि घटना सार्वजनिक भएको
इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button