कलेज बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मेरो प्रदेश सम्वाददाता
बिराटनगर
विराटनगरको लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा बिहीबार बिहान दुर्घटना भएको छ ।
बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरु पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडी धनी ३२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। उनको अहिले परिचय खुल्न सकेको छैन ।