आमा-छोरी हत्या अभियुक्तलाई जन्मकैद



 


उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालतले आजिवन काराबासको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश दिपक खनालको एकल इजलासले मंगलबार सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा व्यापार गर्दै आएका ४० वर्षीय रामहरी साहलाई आजिवन कारबाससँगै पीडितलाई एक लाख क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको हो।

त्यस्तै गिरफ्तार परेका साहसँग फेला परेको सुनको रिङ र मंगलसुत्र पीडितको भएको कसुरदारले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेश गरिएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए।

कसुरदारले २०७६ असोज २४ गते साँझ २८ वर्षीया गोमा भनिने शारदा चौधरी र छोरी ६ वर्षीया रचना चौधरीलाई धारिलो हत्यार प्रयोग गरी हत्या गरेको भन्दै प्रहरीको अनुसन्धान पछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो ।
घरमा आमा र छोरी मात्र बसेको थाहा पाएर हत्या गर्ने योजनाका साथ उनी एक्लै पीडितको घर पुगेका थिए । कसुरदारलाई प्रहरीले असोज २५ गते मोतिगडाबाट पक्राउ गरेको थियो ।

कसुरदारले प्रहरीसँगको वयानमा विगत लामो सयमदेखि मृतकसँग प्रेम सम्बन्ध रहेको र विवाह अस्वीकार गरेपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका थिए ।

मृतकसँगको सम्बन्ध पछि जेठी पत्निलाई सिरहा घरमा छोडेर विवाह गर्ने योजनाकासाथ मोतिगडा बस्दै आएका साहले प्रेम सम्बन्ध विवाहमा परिणत नभएपछि हत्या गरेको बताएका छन् । हत्याको क्रममा छोरीले देखेपछि छोरीलाई पनि हत्या गरेको बताएका छन्।

साभार अन्नपुरण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button