अचेत भेटिएका ८ भारतीय नागरिक मध्ये पाँचजनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
मकवानपुर
मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ भारतीय नागरिक मध्ये पाँचजनाको ज्यान गएको छ । भारतवाट १५ जनाको टोलीमा आएकामध्ये एउटै कोठामा बसेका ८ जना बेहोस भेटिएका हुन् ।
पर्यटकहरुले कोठामा ग्यास हिटर बालेर सुतेका कारण निसास्सिएर अचेत भएको प्रहरीले जनाएको छ ।
हेलिकप्टर बाट काठमाण्डौ ल्याइएका पाँच जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button