नगरपालिकाले घर टहरा भत्काएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव, बजारमा कर्फ्यु



मेरो प्रदेश सम्वाददाता
सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको बाह्बिसे नगरपालिका ३, ४, र ९ मा पर्ने अरनिको लोकमार्ग बाह्बिसे बजारको सडकको दुबै किनारमा बनाइएको अस्थायी घर टहरा भत्काएको बिषयलाई लिएर स्थानीय ले चर्काे रुपमा प्रदर्शन गरेका छन । टहरा हटाइएको बिषयमा असन्तृष्ट पक्षले शनिबार बाह्बिसे नगरपालिकाको कार्यालयमा प्रर्दशन र नाराबाजी गरेका छन। उनीहरुले आइतबार बिहान ९ बजे नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने घोषना समेत गरेका छन । नगरपालिकाले बिना मापदण्ड र पुर्वाग्रही ढंगले टहरा हटाएको स्थानियको आरोप छ ।
प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आईतवार बिहान बिज्ञप्ति जारी गदै र्कफयु लगाएको छ । र्कफयु आइतबार विहान बिहान ८.०० बजेदेखि बेलुकी ५ बजेसम्म रहने प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताईन । उनका अनुसार तिनै वडामा हुलदंगा र अशान्ति हुन सक्ने संभावना देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा (३क) बमोजिम र्कफयु लगाइएको बताईन । बजारदेखि पूर्व्दिशा ३ सय मिटर, पश्च्यिम दिशा र्तफ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्बिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म र्कफयु लगाइएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button